National life

११ महिनामा १४ खर्ब ५३ अर्बको वस्तु आयात, निर्यात १ खर्ब ३९ अर्ब

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
965Shares
११ महिनामा १४ खर्ब ५३ अर्बको वस्तु आयात, निर्यात १ खर्ब ३९ अर्ब
ncell

काठमाडौं । नेपालमा एक महिनामा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १।८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

यस्तै जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३।०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?