काठमाडौँ। ६० केजी सुन तस्करीमा प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।


































