National life

सुन तस्करीको नयाँ शैली : बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|०५ भदौ २०८३, शुक्रबार
1.3kShares
सुन तस्करीको नयाँ शैली : बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ
ncell

काठमाडौं । पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार रहेका छन्।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार हल्दार फ्लाई दुबईको एफजेट–११३३ उडानमार्फत गत ३१ साउनमा काठमाडौं आएका थिए। विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिएपछि सादा पोसाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रारम्भिक सोधपुछका क्रममा उनले पेटभित्र करिब १५० ग्राम सुन लुकाएर ल्याएको बताएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेर स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पेटभित्र सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शौच गराउँदा समेत सुन बाहिर ननिस्किएपछि उनलाई अस्पतालमै भर्ना गरिएको थियो। करिब पाँच दिनपछि पेटभित्र लुकाइएको सुन शौचमार्फत निकालिएको हो।

पेटबाट क्याप्सुल आकारका दुईवटा सुनका डल्ला निकालिएको प्रहरीले जनाएको छ। बरामद सुनसहित पक्राउ परेका हल्दारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?