National life

कक्षा ११ मा भर्ना हुन आवेदन दिने म्याद १५ दिन राख्न काठमाडौं महानगरका शिक्षण संस्थालाई निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
1.1kShares
कक्षा ११ मा भर्ना हुन आवेदन दिने म्याद १५ दिन राख्न काठमाडौं महानगरका शिक्षण संस्थालाई निर्देशन
ncell

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा भर्ना हुन आवेदन दिने म्याद १५ दिन राख्न निर्देशन दिएकाे छ । महानगरपालिकाले आफ्नो नगर क्षेत्रका सबै शिक्षण संस्थालाई कक्षा ११ वा सो सरहको तहमा भर्ना हुनका लागि आवेदन दिन पाउने म्याद १५ दिनको राख्न निर्देशन दिएको हाे ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि शुक्रबार महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा ११ पढ्न काठमाडौं आउने दुर्गमका विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित नहोऊन् भनेर महानगरभित्रका सबै शिक्षण संस्थालाई आवेदन दिन पाउने समयमा एकरूपता दिन भनेको हो ।

‘विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ, ‘यस सन्दर्भमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?