काठमाडौँ – देशभर शिक्षक आन्दोलनका कारण अन्योलमा परेको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आह्वान गरेको छ ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार अहिले बिहान ८ बजे बैठक बोलाइएको छ । शिक्षक आन्दोलनका कारण परिक्षाको तयारी गरेका ५ लाख विद्यार्थी अन्योलमा परेका छन् । सोहि कारण बैठकले परीक्षा तोकिएकै मितिमा गर्ने वा केहीदिन पछि सार्ने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।
विभिन्न माग राख्दै तीन सातादेखि आन्दोलित शिक्षकहरुले यही वैशाख ११ गतेदेखि २४ गतेसमम सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षा नगराउने घोषणा गरिसकेका छन् । अहिले कतिपय विद्यालयमा ताला लगाइएको छ भने माग पुरा नहुञ्जेल कुनै पनि शैक्षिक गतिविधिमा सामेल नहुने महासंघले शिक्षकहरुलाई अपिल गरेको छ ।


































