National life

देशभरका शिक्षक कर्मचारीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
754Shares
देशभरका शिक्षक कर्मचारीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै
ncell

काठमाडौँ । देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन्। त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन्।

नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासङ्घको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

महासङ्घले आन्दोलनका कारण प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन् ।

यता विभिन्न सरोकारवाला निकायले आन्दोलन नगर्न भनेका छन्। नेपाल नगरपालिका सङ्घ, राष्ट्रिय गाउँपालिका महासङ्घले आन्दोलन नगर्न भनेको हो। असहमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने भन्दै उनीहरूले आन्दोलनको विकल्प खोज्न आग्रह गरेका हुन। सरकारले समेत वार्ताका लागि आह्वान गरेको छ। तर, शिक्षक कर्मचारीले अब वार्ताको कुन‌ अर्थ नरहेको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
754SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?