काठमाडौं । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेका हुन् ।
बीपीसी एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका छन् । अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन् ।
यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा क्रमशः ९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन पनि दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।
एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १८० देशमा फैलिएको एसीसीएमा ५ लाख २६ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
विश्वभरीका लाखौं विद्यार्थीहरुले दिएको फाइनान्सियल रिपोर्टिङको परीक्षामा शतप्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बन्नु एउटा असाधरण उपलब्धि भएको कलेजले जनाएको छ ।
शर्माको असाधरण उपलब्धिमा बधाई ज्ञापन गर्दै कलेजका एसीसीए सिनियर प्रोग्राम म्यानेजर दिपेन्द्र श्रेष्ठले यस्तो किसीमको यस विशिष्ट नतिजाले कलेजको अध्यापन शैली अन्तर्राष्ट्रियस्तरको रहेको प्रमाणित भएको धारणा राखे ।
यस्तै कलेजले प्रतिष्ठित शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा समेत प्राप्त गरेको छ ।



































