National life

ब्रिटिस एक्रिडेशन काउन्सिलबाट द ब्रिटिस कलेज सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
1.1kShares
ब्रिटिस एक्रिडेशन काउन्सिलबाट द ब्रिटिस कलेज सम्मानित
ncell

काठमाडौँ । नेपालमा उच्च शिक्षा प्रदान गरिरहेको ब्रिटिस एडुकेशन ग्रुप अन्र्तगतको द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेशन काउन्सिल (बीएसी) इन्स्टिच्युशनल अवार्डबाट पुनः सम्मानित भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो ।

बेलायतका साझेदार विश्वविद्यालयहरु, युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्ड, किल् युनिभर्सिटी, लिड्स बेकेट युनिभर्सिटी, र युनिभर्सिटी अफ वेस्टमिन्सटरको सम्वन्धनमा द ब्रिटिस कलेजले यसअघि नै सो सम्मान प्राप्त गरेको भए पनि थप शैक्षिक तथा भौतिक स्तरोन्नति गरेकोले सो अवार्ड सन् २०२५ सम्मलाई प्राप्त गरेको हो ।

ब्रिटिस एक्रिडेसन काउन्सिल एक स्वतन्त्र, मान्यता प्रदान गर्ने निकाय हो, जुन शैक्षिक संस्थाहरूको मूल्याङ्कनका लागि विश्वव्यापी रूपमा प्रख्यात छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीएसीद्वारा मान्यता प्राप्त हुनको लागि शिक्षाको गुणस्तर उच्च राख्ने, विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायहरुको अपेक्षालाई पूरा गर्न सक्ने हुनुपर्छ । बीएसीले मान्यता प्रदान गर्ने क्रममा कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच लिएको थियो ।

कलेजले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, बिभिन्न विभागहरु, भवनको संरचना, पाठ्यक्रम, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रकृया, विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु जस्ता मापदण्डहरुलाई पूर्ण रुपले पालना गर्दै नेपालमा नै विश्वस्तरिय शैक्षिक अनुभव प्रदान गरेकोले ब्रिटिस कलेजले सो मान्यता प्राप्त गरेको हो ।

यसले टीबीसीको बाह्य साझेदार संस्थाहरु, सल्लाहकार समिति, बलियो नेतृत्व, पठन–पाठनका स्रोत तथा सामग्रीहरू, विद्यार्थीहरुलाई उपलब्ध स्रोत साधनसँगै मार्गदर्शनमा निरन्तर वृद्धि र सुधार थप प्रमाणको रुपमा देखिएको छ । कलेजले प्राप्त गरेको अवार्ड सम्बन्धमा प्रतिक्रिया दिँदै डेप्युटि प्रिन्सिपल डा.प्याट्रिक म्याकक्रडेनले भने, ‘यस मान्यताले विद्यार्थीहरुलाई विश्वव्यापी रूपमा सफलताको लागि तयार गर्ने सिकाइ वातावरण प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई उजागर गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?