National life

मंसिर ३ गते राइटपाथले ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
1.2kShares
मंसिर ३ गते राइटपाथले ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्दै
ncell

काठमाडौँ । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले ‘युके ग्रान्ड एडमिसन डे’ गर्ने भएको छ। देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एडमिसन डे’ सम्पन्न गरिसकेको राइटपाथ करियर काउन्सिलिङले आगामी मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्न लागेको हो ।

विशेषगरि युके जाने विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरूले युकेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर प्रत्यक्षरुपमा आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् ।राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले उच्च शिक्षा हासिल गर्न युके जान चाहने विद्यार्थीहरूले सोही दिनमा सम्पूर्ण आवश्यक कागजातहरू बुझाएमा तत्कालै अफर लेटर प्रदान गरिने जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राइटपाथले उक्त एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सिइओ डिसीका अनुसार युके ग्रान्ड एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूको एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट र आईईएलटीएसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

साथै एकजना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोन गिफ्टह्याम्फरको पनि व्यवस्था गरिएको छ । छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । काठमाडौँको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, धनकुटा, भारत र बेलायतमा समेत सेवा विस्तारगरि आफ्नो सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै, विद्यार्थीहरूले मंसिर ३ गते पुतलीसडक स्थित मुख्य कार्यालयमा हुने एडमिसन डे मा सहभागी भई युके सम्बन्धी सम्पूर्ण परामर्श लिन सक्नेछन् । शैक्षिकमेला बिहान १० बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ ।

के के छन् आकर्षण ?

– एकै ठाउँमा ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग भेट गर्न सकिने

– विश्वविद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गर्न सकिने
– विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर
– भर्नाका लागि आवश्यकताबारे जान्न र भर्ना गर्न सकिने
– सहभागी हुने विद्यार्थीहरूका एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट
– अध्ययनपछि काम गर्ने अवसरहरूबारे जान्न सकिने
– एक जना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोनको व्यवस्था
– सहभागी विद्यार्थीलाई आईईएलटीएस कक्षामा ५० प्रतिशतसम्म छुट, आदि

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?