National life

अध्ययन बिदा लिएर नफर्किएका शिक्षकलाई त्रिविको १५ दिने अल्टिमेटम

निर्धारित समयभित्र सम्पर्कमा नआएमा उनीहरूसँग भएको सम्झौता र प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०३ असार २०८३, बुधबार
991Shares
अध्ययन बिदा लिएर नफर्किएका शिक्षकलाई त्रिविको १५ दिने अल्टिमेटम
ncell

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले सूचना जारी गर्दै बिदा उपयोग गरेपछि पनि विश्वविद्यालयको नियमअनुसार सेवामा नआएका वा तोकिएको अवधि पूरा नगरी सेवा त्यागेका शिक्षक–कर्मचारीलाई कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको हो।

निर्धारित समयभित्र सम्पर्कमा नआएमा उनीहरूसँग भएको सम्झौता र प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुली भइसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र विश्वविद्यालयको सक्रियतामा यो प्रक्रिया अघि बढाइएको हो। विश्वविद्यालयले अध्ययन बिदा दक्ष र अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्ने उद्देश्यले दिइने सुविधा भए पनि यसको दुरुपयोगका कारण संस्थालाई आर्थिक तथा शैक्षिक क्षति पुगेको जनाएको छ।

त्रिविले सम्झौताअनुसार सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था दोहोर्याउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
991SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?