National life

भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
1.4kShares
भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम बन्द
ncell

काठमाडौँ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिहीबारदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको उनले बताए । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेबापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“स्वास्थ्य बिमामार्फत मासिक रु दुई करोड बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भने, “बीमितको उपचार गरेबापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो ।”

अस्पतालले २०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो । बिमा बापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताए । - रासस

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?