National life

आन्दोलित शिक्षकहरूलाई वार्तामा आउन सरकारको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
832Shares
आन्दोलित शिक्षकहरूलाई वार्तामा आउन सरकारको आग्रह
ncell

काठमाडौं– शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै दोस्रो दिन समेत आन्दोलित शिक्षकहरूलाई सरकारले वार्ताका लागि आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुलाई वार्तामा बोलाएको हो ।

उनीहरुले उठान गरेका विषयबारे मन्त्रालय जानकार रहेको समेत मन्त्रालयले जनाएको छ । ‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल शिक्षक महासङ्घले भने बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
832SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?