National life

विद्यालयको चाबी लिएर आन्दोलनमा सहभागी हुन सबै कर्मचारीलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
629Shares
विद्यालयको चाबी लिएर आन्दोलनमा सहभागी हुन सबै कर्मचारीलाई निर्देशन
ncell

काठमाडौं। नेपाल विद्यालय कर्मचारी परीषदले विद्यालयको चाबी लिएर काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन सबै कर्मचारीलाई निर्देशन दिएको छ । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै परिषद्ले कक्षा १२ को परीक्षामा सहभागी नहुन र सूचना पाएको २४घण्टाभित्र विद्यालयको चाबी लिएर काठमाडों आउन भनेको हो ।

‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भईरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न र्आएको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’– परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासंघसँग सरकारले विभिन्न समयमा गरेको सम्झौता कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक र विद्यालय कर्मचारीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझैंसम्म निष्कर्षमा पुगेको छैन । सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै आलोचना भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?