काठमाडौँ । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नाराबाजी सहित धर्ना दिएको छ ।
महासंघले आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर धर्ना दिएको हो। फागुन २४ गते पहिलो चरणको आन्दोलन पूरा गरेको महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो ।
दोश्रोचरणको आन्दोलन अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बसेको महासंघकी अध्यक्ष लक्ष्मी किशोरी सुवेदीले जानकारी दिएकी छिन् ।
सोही कार्य योजना अनुसार आज नेपाली कांग्रेसको मुख्यालयमा धर्ना दिइएको हो । यस पश्चात, चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गर्ने कार्यसूचि रहेको छ ।
लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी नगरेको भन्दै ऐन जारी गराउन दबाब दिन महासङ्घले आन्दोलन थालेको हो ।


































