National life

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित, अधिकांश विद्यार्थी पहिले नै रोजगार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ पुस २०८०, शनिबार
557Shares
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित, अधिकांश विद्यार्थी पहिले नै रोजगार
ncell

काठमाडौँ । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले आयोजना गरेको दीक्षान्त समारोहमा २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायत स्थित कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ भने सन् २०२३ मा कम्प्युटिङ र इथिकलह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो ।

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिदैं, आइटीको युगमा विद्यार्थीहरूका लागि यो क्षेत्रमा अवसर नै अवसर रहेको बताए ।

सफ्टवारिका कलेजले आइटी क्षेत्रमा विभिन्न सरकारी र निजी स्तरीय कार्यक्रम आयोजना गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइटीसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूले पनि यस्ता प्रतियोगिताहरूमा संलग्न हुन सके उनीहरूको भविष्य अझ राम्रो हुने उनेको भनाइ थियो । काम गरेर नै धेरै कुरा सिकिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दीक्षित सम्पूर्ण विद्यार्थीलाई आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै काम पाए पनि त्यसमा आबद्ध हुन आग्रह गरे ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कलेज प्रमुख पौडेलले भने “अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेका छन् जुन हाम्रो लाग निकै गौरवको कुरा हो । यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थपबलियो बनाएको छ ।

यसले नेपालको आईटी उद्योगका लागि पर्याप्त सङ्ख्यामा दीक्षित विद्यार्थी उत्पादन गर्ने सफ्टवारिका कलेजको समर्पणलाई प्रतिबिम्बि तर्दछ र उनीहरूलाई व्यापक रुपमा विकसित हुँदै गइरहेको आईटी क्षेत्रमा विश्वव्यापी चुनौतीहरूको सामना गर्न आवश्यक सीपहरू प्रदान गर्नेछ ।

काठमाडौँस्थित हायात होटलमा आयोजना गरिएको उक्त दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावकसमेत सहभागी थिए ।

सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेज अफ् आईटी एन्ड ई–कमर्स नेपालमा आईटी शिक्षाका लागि प्रख्यात छ । बेलायती कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले स्नातक, स्नातकोत्तर तहमाआईटी सम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कलेजले पढाउने बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकलह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) इथिकलह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) कम्प्युटर साइन्सको साथ एआई लगायतका विषय आईटी शिक्षामा रुचि भएका विद्यार्थीमा लोकप्रिय रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?