काठमाडौं। नेपाली सेनाले २९ सय बढी सैनिकका लागि रोजगारी खुला गरेको छ। नेपाली सेना निर्देशनालयले आज सूचना प्रकाशित गर्दै देशका विभिन्न स्थानमा २९ सय २५ जना सैनिकका लागि माग गरेको हो।
सूचनाअनुासर निर्देशनालयले काठमाडौंको नारायणहिटी ब्यारेकमा मात्रै ३५० जना सैनिक माग गरेको छ । त्यस्तै, निर्देशनालयले बुटवलको योगिकुटी व्यारेक र कैलालीको तेघरी व्यारेकमा २५० र २५० संख्यामा सैनिक माग गरेको छ।
अन्य विभिन्न २५ वटा जिल्लाको व्यारेकमा ५० जनादेखि २ सय जना संख्यामा सैनिक माग गरेको सूचनामा उल्लेख छ । आवेदनका लागि सेनाको आधिकारिक वेबसाइटमाबाट अनलाईन दरखास्त फाराम भर्न सक्नेछन् ।
त्यसैगरी, निर्देशनालयले ड्रेडका फलोखर्स पदमा पनि ४२२ जना कर्मचारी माग गरेको छ । आवेदन भर्ना इच्छुक नागरिकले आजको मितिबाट आगामी पुस ९ गतेसम्म फाराम भर्न सक्नेछन् ।
साथै, दोब्बर दस्तुर बुझाई पुस १४ गतेसम्म भर्न पाउनेछन् । आवेदन शुल्क सैनिकका लागि १५० रुपैयाँ र विभिन्न ट्रेडका फलोअर्स पदका लागि एक सय रुपैयाँ तोकेको छ ।



































