काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको हाे ।
केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्टि्रकल एण्ड इलेक्टि्रक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत् पदपूर्ति गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ४५ वर्ष उमेर ननाघेकाहरुले अन्तिम मिति असोज १५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रुपैयाँ लाग्नेछ । करार सम्झौताको अवधि ६ महिनाको हुने राष्ट्र बैंकले जनाएकाे छ ।
































