National life

उर्जामन्त्रीलाई बदनाम गराउन नियोजित रूपमा समाचार सम्प्रेषण गरियो : विद्युत प्राधिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२२ कात्तिक २०८२, शनिबार
1.6kShares
उर्जामन्त्रीलाई बदनाम गराउन नियोजित रूपमा समाचार सम्प्रेषण गरियो : विद्युत प्राधिकरण
ncell

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताको वास्तविकतालाई तोडमोड गरी नियोजित रुपमा समाचार सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकार्षण गराएको छ ।प्राधिकरणको तर्फबाट प्रवक्ता राजन ढकालले आज एक विज्ञप्ती निकाल्दै यस्तो आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालको राष्ट्रिय विद्युत प्रणालीमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको बाहुल्यता रहेकाले वर्षायाममा खपत भई बण् िभएको विद्युत निर्यात गर्ने गरिएको तथा सुख्खायाममा केही महिना विद्युत माग व्यवस्थापनका लागि छिमेकी मुलुक भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको छ । गतवर्ष २ अर्ब ३८ कारेड युनिट विद्युत निर्यात गरिएको थियो भने १ अर्ब ६८ करोड युनिट विद्युत भारतबाट आयात गरिएको थियो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले हालको सञ्चालक समिति र व्यवस्थापनबाट संस्था र राष्ट्रलाई अहित हुने कुनै काम नभएको प्रष्ट पारेको छ । हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताका विषयलाई लिएर उर्जा, जलस्रोत तथा सिचाईं, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई बदनाम गराउन नियोजित रुपमा सूचना तथा समाचार सम्प्रेषण गरिएको भन्दै त्यस्ता भ्रममा नपर्न अनुरोधसमेत गरेको छ ।

प्रेस विज्ञप्‍तिको पूर्णपाठ

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?