National life

एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
1.2kShares
एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ncell

काठमाडौं। एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्कीको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ।

करिब ६६ करोड १८ लाख ९४ हजार लागतको उक्त आयोजनामा बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले विसं २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।

उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भइरहेको बैंकले जनाएको छ।

एनएमबि बैंकले देशभर रहेका आफ्ना २०२ शाखा कार्यालय, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?