National life

कहिले खुल्दैछ कालंगा हाइड्रोको आईपीओ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०२ चैत २०८२, सोमबार
1.5kShares
कहिले खुल्दैछ कालंगा हाइड्रोको आईपीओ ?
ncell

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री खुला गर्ने तयारी गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। सो मध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरबाट १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा वैशाख २४ गतेसम्म र ढिलोमा वैशाख ९ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

उपलब्ध सेयरमध्ये ९ लाख १० हजार कित्ता बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ र ५, बित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिकाका वडा नम्बर ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दालाई वितरण गरिनेछ।

यस्तै, बाँकी ४ लाख ९० हजार कित्ता सेयर बझाङको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्य वडाका स्थायी बासिन्दामा बाँडफाँट गरिनेछ।

साथै सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ। उनीहरूले पनि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म रहने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?