National life

काठमाडौंको यी स्थानहरूमा शनिबार विद्युत आपूर्ति बन्द हुने (सूचीसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
715Shares
काठमाडौंको यी स्थानहरूमा शनिबार विद्युत आपूर्ति बन्द हुने (सूचीसहित)
ncell

काठमाडौं । काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली अवरुद्ध हुने भएको छ । भोलि शनिबार काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली पाँच घण्टासम्म अवरुद्ध हुने भएको हाे ।

सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित), हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको हो । स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसावार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल लप्सीफेंदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइनलाई ३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?