National life

काठमाडौँमा चोरीका घटनाहरू बढ्दै, दिउँसै लाखौँको चोरी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
768Shares
काठमाडौँमा चोरीका घटनाहरू बढ्दै, दिउँसै लाखौँको चोरी
ncell

काठमाडौँ । काठमाडौँमा चोरीका घटनाहरू बढेका छन् । आज तारकेश्वर नगरपालिका-५ बस्ने २५ वर्षीय होम बहादुर बस्नेतको घरमा कोही नभएको अवस्थामा चोरी भएको छ ।

बस्नेतको घरमा झ्यालबाट प्रवेश गरेर सुनका विभिन्न गहना गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न हाल फरार रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीले फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यसअघि सोमबार राति काठमाडौँ महानगरपालिका-१९ दमाईटोल डेरा गरी बस्ने महोत्तरी गौशाला नगरपालिका-४ बिर्ता घर भएका २८ वर्षीय रञ्जित ठाकुरको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई २ तोलाको सुनका सिक्री २ थान, आधा तोलाको सुनको कानमा लगाउने झुम्का १ थान र नगद ५२ हजार रुपैयाँ चोरी भएको थियो ।

प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरू बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

यसअघि काठमाडौँको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरको गठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?