National life

‘गाईजात्रा’ को दोश्रो दिन काठमाडौँमा यसरी मनाइयो (तस्बिरहरू)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
1.7kShares
‘गाईजात्रा’ को दोश्रो दिन काठमाडौँमा यसरी मनाइयो (तस्बिरहरू)
ncell

काठमाडौँ । ‘गाईजात्रा’ को दोश्रो दिन आज पनि काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रत्येक वर्ष मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को दोश्रो दिन आज पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हाे ।

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकै दिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा पर्व मनाइएको हो ।

गाईजात्रा काठमाडाैं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने पर्व हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ ।

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको छ । हिन्दू धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।

तस्बिरहरु हेर्नुहाेस् :

याे पनि :


  • गाईजात्रा भनेकाे के हो र किन मनाइन्छ ? यस्ताे छ गाईजात्राको इतिहास


  •  

    यो समाचार शेयर गर्नुहोस्
    1.7kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?