National life

कुलमान घिसिङका पुनर्बहालीको माग गर्दै समर्थकहरूले गरे प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ चैत २०८१, आइतबार
674Shares
कुलमान घिसिङका पुनर्बहालीको माग गर्दै समर्थकहरूले गरे प्रदर्शन
ncell

काठमाडौँ । आज (आइतबार) काठमाडौँको माइतीघर मण्डलामा कुलमानको पक्षधरहरूले प्रदर्शन गरेका छन् । ।  घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्राधिकरणको नेतृत्वबाट हटाइएसँगै समर्थकहरूले निरन्तर शान्तिपूर्णरुपमा सडक प्रदर्शन गर्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ऊर्जा क्षेत्रमा उनले गरेको योगदानको कदर गरी उनलाई पुनर्बहाली गरिनुपर्ने माग समर्थकहरूको छ । प्रदर्शनमा उत्रिएका कतिपयले घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउन समेत माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका सबैले हात–हातमा घिसिङको फोटो लिएका छन् । प्रदर्शनकारीले लिएको फोटोमा ‘देशको शान कुलमान ! ’ लेखिएको छ । कुलमानका समर्थकहरूले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

सरकारले गत चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । जुन नियुक्तिको निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत पुगेका थिए । यद्यपि, अदालतले भने अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सोही घटनापछि समर्थक सडकमा उत्रिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?