National life
cg eloctronics

चिलिमे हाइड्रोपावरको विद्युत् बिक्रीबाट हुने आम्दानी घट्यो ,खुद नाफा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
967Shares
चिलिमे हाइड्रोपावरको विद्युत् बिक्रीबाट हुने आम्दानी घट्यो ,खुद नाफा कति ?
muktinatha bikash bank

काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको छ ।

यस अवधिमा कम्पनीले ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको यसैअवधिको तुलनामा ५.५१ प्रतिशतले कम हो। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ४० करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख ३७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ थियो ।

everest bank

समिक्षा अवधिमा ७ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?