National life

दोल्ती पावर कम्पनीको खूद नाफा ५८ लाख ,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
523Shares
दोल्ती पावर कम्पनीको खूद नाफा ५८ लाख ,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोल्ती पावर कम्पनी लिमीटेडले ५८ लाख रुपैयाँ १२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनी १२ लाख बढी घाटामा थियो ।

नियमित विद्युत बिक्रीबाट कम्पनीलाई आम्दानी हुन थालेसँगै नाफा हुन थालेको देखिएको हो । वित्तीय विवरणमा खूद नाफा हुन थालेको देखिए पनि कम्पनीको रिजर्भ भने ११ करोड ४८ लाखभन्दा बढीले ऋणात्मक बनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको रिजर्भ करिब ५ करोडले मात्र नेगेटिभ थियो ।

कुल ५३ करोड ६४ लाख चुक्तापूँजी भएको यो कम्पनीले समीक्षा अवधिमा विद्युत बिक्रीबाट ४ करोड १७ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड ५० लाखमा सीमित थियो ।

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३१ लाख ५४ हजारमा सीमित सामान्य प्रशासनिक खर्च बढेर ४३ लाख २९ हजारमाथि पुगेको छ।

नाफा हुन थाले पछि चुक्तापूँजीको तुलनामा त्यो नगण्य रहेकोले पहिलो त्रैमासमा यस कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १.०८ रुपैयाँ देखिएको छ ।

मूल्य आम्दानी अनुपात १८७.३५ गुणा, प्रतिसेयर नेटवर्थ ७८.६० रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?