National life

यो वर्षको अन्तिमसम्म कुल बिजुली उत्पादन ३५०० मेगावाट पुग्छ : ऊर्जामन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ पुस २०८०, शनिबार
605Shares
यो वर्षको अन्तिमसम्म कुल बिजुली उत्पादन ३५०० मेगावाट पुग्छ : ऊर्जामन्त्री
ncell

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताएका छन् ।

नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने दाबी गरेका छन् ।

ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने जानकारी दिए ।

मन्त्री बस्नेतले एक वर्षको मिहिनेतापछि अर्थतन्त्र सुधारको अवस्थामा पुगेको पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘तथ्य तथ्याङ्कले भन्छ, मुलुक आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढेको छ’, ऊर्जामन्त्री बस्नेतले भने, ‘एक वर्षको निरन्तर मेहनतबाट अर्थतन्त्र सुधारको अवस्थामा छ । देश उन्नतितर्फ अघि बढिरहेकाले अब निरासाजनक नभइ उत्साहकासाथ अघि बढ्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सरकारले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्न उपयुक्त कदम चालेकाले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । उनले यसलाई गतिशील बनाउन जलविद्युत, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी अभिवृद्धि गर्दै आन्तरिक उत्पादन र रोजगारी बढाउनेतर्फ अग्रसर हुनुको विकल्प नरहेको बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सरकार र निजी क्षेत्रको साझेदारी अझै फराकिलो बनाउनुपर्ने बताए ।

 

 

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?