National life

रकम अभावपछि ९०० मेगावाट क्षमताको आयोजनाको मुआब्जा वितरण रोकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
659Shares
रकम अभावपछि ९०० मेगावाट क्षमताको आयोजनाको मुआब्जा वितरण रोकियो
ncell

काठमाडौँ। सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको छ।

उक्त, निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी) ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यसअघि सर्वोच्च अदालतले यही पुस १७ गते छ्याङकुटी(दिदिङ सडक (२४दशमलव पाँच किलोमिटर) अन्तर्गत ४ सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न आदेश दिएको थियो।

एसएपीडीसीले ५३ करोड तिर्नुपर्नेमा २५ करोड रुपैयाँ मात्र उपलब्ध गराएकाले हाललाई मुआब्जा वितरण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२५ करोड रुपैयाँ भने ६० परिवारलाई भुक्तानी गरिसकिएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले विसं २०८० वैशाख २६ गते प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ मुआब्जा दिने निर्णय गरेको थियो।

अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने सहमति छ। जसअनुसार परियोजनाबाट स्थानीयलाई १६० करोड रुपैयाँ बराबरको सेयर दिइने जनाइएको छ।

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब रुपैयाँ आर्थिक लाभ मिल्नेछ। विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?