काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिन चाहने लगानीकर्ताहरुले आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । रिडी पावरको हकप्रद फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको थियो भने अहिले कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न खोजेको हो ।
हाल १० कित्ता शेयर बराबर नयाँ पाँच कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन हुनेछ। रिडी पावरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
अहिले कम्पनीको चुक्ता पूँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ छ भने हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको सो पूँजी दुई अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८ सय रुपैयाँ कायम हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको जनाइएको छ।
































