काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले भोलिदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
बुक क्लोज गरेको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रद खरिदका लागि पुस १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँडपछि यो रकम ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

































