काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो केही कारोबारका यता बजार निरन्तर रुपमा ओरालिएको छ । ्
आज बजार ५५.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा १३ वटै उपसूचक राताम्मै भएको छ । कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले घटेको छ। त्यसैगरी, श्रीजनशील लघुवित्तको ७.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ६.९७ प्रतिशत, मनाकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८५ प्रतिशत सेयर मूल्य घटेको हो ।

































