National life

विद्युत उत्पादन कम्पनीको सीईओमा बखतबहादुर शाही नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
526Shares
विद्युत उत्पादन कम्पनीको सीईओमा बखतबहादुर शाही नियुक्त
ncell

काठमाडौं । विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बखतबहादुर शाही नियुक्त भएका छन् । बिहीबार विहान बसेको भीयूसीएलको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलेखका शाहीलाई सीईओमा नियुक्त गरेको हो ।

उनको नियुक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास असफल भएको छ । विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिका एक सदस्यका अनुसार समितिले गरेको सिफारिसका आधारमा शाही नियुक्त भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शाही र पोखरेलसँगै देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठ अन्तिम प्रतिस्पर्धामा थिए ।

अब शाहीले सीईओको रुपमा काम गर्नेछन् । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भीयूसीएल अन्तर्गतको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीको नेतृत्वमा बनाउने सहमति भइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?