National life

विद्युत बिक्री बढ्दा बिन्ध्यवासिनी हाइड्रोको आम्दानीमा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२५ वैशाख २०८३, शुक्रबार
1.3kShares
विद्युत बिक्री बढ्दा बिन्ध्यवासिनी हाइड्रोको आम्दानीमा वृद्धि
ncell

काठमाडौँ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ७७.३२ प्रतिशतले बढ्दै ११ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आम्दानीतर्फ हेर्दा, विद्युत बिक्रीबाट कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ३० करोड ७४ लाख रुपैयाँभन्दा बढी हो।

खर्च पक्षमा कम्पनीको प्रशासनिक खर्च ४ करोड ४९ लाख रुपैयाँ र मर्मत तथा सम्भार खर्च १ करोड २७ लाख रुपैयाँ रहेको छ। साथै, वित्तीय खर्च ९ करोड ११ लाख रुपैयाँ पुगेको देखिन्छ।

कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ। कुल चालु सम्पत्ति १९ करोड ४३ लाख रुपैयाँ र चालु दायित्व ६ करोड ६७ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

वित्तीय सूचकहरूअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ९.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.४३ रुपैयाँ र तरलता अनुपात २.९१ गुणा कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?