National life

सुपर मादी हाईड्रोपावरको आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
579Shares
सुपर मादी हाईड्रोपावरको आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल
ncell

काठमाण्डौ। चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्ममा सुपर मादी हाईड्रोपावर लिमिटेडले ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आवको सोही समय अवधिमा कम्पनीको १ करोड ७ लाख रुपैयाँ घाटा थियो। कम्पनीको खुद आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले समीक्षा अवधिसम्म ९२ करोड ७७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । मादी खोलाको पानीको प्रवाह राम्रो भएकाले सुख्खायाम पुसदेखि चैतसम्म कन्ट्राक्ट इनर्जीभन्दा बढी आम्दानी भएको कम्पनीले जनाएको छ ।

कम्पनीको वित्त खर्च ५६ करोड ७९ लाख, कर्मचारी खर्च ६७ लाख ३५ हजार र अन्य सञ्चालन ५ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ। कम्पनीको रिजर्भको आकार १० करोड ८४ लाख रुपैयाँबराबर रहेको छ।

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १४ करोड ६५ लाख र कुल चालु दायित्व ४४ करोड ४६ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १०५.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३८.०६ रुपेयाँ र तरलता अनुपात २.५७ प्रतिशत कायम भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?