National life

हिमालय उर्जाको ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
632Shares
हिमालय उर्जाको ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड
ncell

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ २५ गते गरेको हो ।

उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।

कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता ९१ः१० अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीसले जनाएको छ । यस हिसाबले कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको छ ।

आफ्नो कायम हक भन्दा बढी सेयर माग गरि दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर वापतको रकम भदौ २८ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएकोले कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?