National life

२ हाइड्रोपावरले पाए हकप्रद सेयर निष्कासन गर्न अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० पुस २०८०, शुक्रबार
555Shares
२ हाइड्रोपावरले पाए हकप्रद सेयर निष्कासन गर्न अनुमति
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

अरुण भ्यालीले १०० प्रतिशत र रिडी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।

धितोपत्र बोर्डले अरुण भ्यालीलाई १स् १ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ ।

Royal Enfield
nic asia capital
कम्पनीले सोही पूँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपूँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले बताएको छ । यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।

यसैगरी, रिडी पावरले ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । कम्पनीले १ स् ०.५ अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति पाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?