National life

माउन्टेन इनर्जी नेपालको बिक्री आम्दानी घट्यो, प्रति शेयर आम्दानी कत्ति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ माघ २०८०, शुक्रबार
720Shares
माउन्टेन इनर्जी नेपालको बिक्री आम्दानी घट्यो, प्रति शेयर आम्दानी कत्ति ?
ncell

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१८ प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीले ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७४ करोड ४० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको यस अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३५ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा २.८२ प्रतिशत घटेर ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ५० करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५९ पैसा घटेर ३५ रुपैयाँ ५८ पैसामा र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८.४ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?