National life
cg eloctronics

अपि पावरको लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.3kShares
अपि पावरको लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?
muktinatha bikash bank

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको ५ प्रतिशतका दरले ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, चुक्ता पुँजीको ०.२६३२ प्रतिशतका दरले १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त नगद लाभांश कर प्रयोजनका लागि प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

everest bank

सञ्चालक समितिबाट प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित हुनुका साथै सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?