National life

भगवती हाइड्रोपावरका दुई ठूला सेयरधनीले आधा सेयर बिक्री गर्ने

दुई सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने जानकारी कम्पनीलाई दिएका हुन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
3.6kShares
भगवती हाइड्रोपावरका दुई ठूला सेयरधनीले आधा सेयर बिक्री गर्ने
ncell

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका दुई आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरमध्ये ५० प्रतिशत बिक्री गर्ने भएका छन्।

नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार कुनै आधारभूत सेयरधनीले कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार दुई सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने जानकारी कम्पनीलाई दिएका हुन्।

कम्पनीका अनुसार शत्रुघन केसीले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ६०३ कित्ता सेयरमध्ये ५० प्रतिशत बिक्री गर्न चाहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, पिताम्बर भण्डारीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३ हजार १४२ कित्ता सेयरको ५० प्रतिशत बिक्री गर्ने जानकारी दिएका छन्।

दुवै सेयरधनीले बिक्री गर्न चाहेको सेयरको कुल संख्या २ लाख ५५ हजार ७४५ कित्ता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दुवै आधारभूत सेयरधनीबाट भदौ १० गते सेयर बिक्रीसम्बन्धी जानकारी प्राप्त भएको हो। प्रस्तावित बिक्रीपछि कम्पनीमा उनीहरूको सेयर स्वामित्व घट्नेछ।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?