National life
cg eloctronics

काठमाडौंका यी स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती हुने

- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन र हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौँका विभिन्न स्थानमा असोज १५ देखि २६ गतेसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१५ असोज २०८३, बिहिबार
993Shares
काठमाडौंका यी  स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती हुने
muktinatha bikash bank

काठमाडौँ- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन र हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौँका विभिन्न स्थानमा असोज १५ देखि २६ गतेसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ। कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गरी प्राविधिक कार्य गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल बौथली, १६ गते मच्छेगाउँ दोभान र खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा र २० गते पुनः मुलपानी क्षेत्रमा विद्युत् कटौती हुनेछ। त्यसैगरी, असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर-बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा काम गरिनेछ। प्रतिकूल मौसम भएमा भने विद्युत् कटौती गरिने छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3

विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। यसअघि रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट सुरु भएको यो कार्य हाल काठमाडौँका बाँकी सहरी क्षेत्र, ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा विस्तार गरिएको छ। यस आयोजनाअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टेजका लाइनहरू भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ। भूमिगत प्रणालीले विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढाउनुका साथै सहरी क्षेत्रमा जथाभाबी रहेका तारहरू हटाई सहरी सौन्दर्य कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
993SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?