National life

अपर हेवाखोलालाई ९१.३० प्रतिशत हकप्रद निष्काशनको पूर्वस्वीकृति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|०९ भदौ २०८३, मङ्गलबार
1.2kShares
अपर हेवाखोलालाई ९१.३० प्रतिशत हकप्रद निष्काशनको पूर्वस्वीकृति
ncell

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

आयोगले भदौ ८ गते कम्पनीलाई हकप्रद निष्काशनका लागि पूर्वस्वीकृति दिएको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको एक बराबर एक अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको थियो।

कम्पनीले मातृभूमि हाइड्रोपावरले अघि बढाइरहेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न तथा ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माणका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको भार घटाउन हकप्रद निष्काशन गर्न खोजेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर, कम्पनीले शतप्रतिशत हकप्रद माग गरे पनि विद्युत नियमन आयोगले ९१.३० प्रतिशत हकप्रद निष्काशनका लागि मात्र पूर्वस्वीकृति दिएको छ।

अब कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रक्रिया अघि बढाउनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?