National life

उपत्यकाका यी स्थानहरुमा आज ८ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ साउन २०८०, शनिबार
697Shares
उपत्यकाका यी स्थानहरुमा आज ८ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँने
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाकाे टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् शनिबार ८ घण्टा आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले आज बिहान ८:३० बजेदेखि बेलुका ४:३० बजेसम्म  विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो ।

“टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ” प्राधिकरणले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

जसबाट टेकु सब स्टेसनबाट विद्युत आपूर्ति भइरहेका काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा आज प्रभावित हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?