National life

खडेरीका कारण तमानखोलाको नर्जाखानीमा विद्युत् सेवा अवरुद्ध, १३० घरधुरी मर्काका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ वैशाख २०८१, शनिबार
689Shares
खडेरीका कारण तमानखोलाको नर्जाखानीमा विद्युत् सेवा अवरुद्ध, १३० घरधुरी मर्काका
ncell

काठमाडौँ । पश्चिम बागलुङको तमानखोला गाउपालीकाको अन्तिम वडाको रूपमा रहेको वडा नं.६ नर्जाखानीमा लामो समयको खडेरीको कारण पानीको मुहान सुक्दा बिद्युत् उत्पादनमा कमी भई स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन्।

विश्वकर्मा र छन्त्याल जातिको सघन बस्तीको रूपमा रहेको नर्जाखानीमा करिब ७ सय भन्दा बढी बल्बहरू बल्छ भने २ वटा मिल, विद्यालय, स्वास्थ्य इकाई र वडाका कम्प्युटर सञ्चालन हुँदै आएको छ। तर हाल देखिएको खडेरीको कारण पानीको मुहान सुक्दै गएपछि ती सबै सेवा अवरोध भएको स्थानीयको दुखेसो छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थानीयको सहयोग र श्रमदानमा बनेको ११ किलोवाटको बहारघोसखोला जलविद्युत परियोजनाले बर्खा यामको समयमा वा पर्याप्त पानी भएको समयमा आवश्यक मात्रामा बिद्युत् उत्पादन गरेको भएपनी यो समयमा लामो खडेरी परेको कारण पानीको मुहान सुकेर बिद्युत् उत्पादन घट्न गई सेवा सुविधामा प्रत्यक्ष असर पुगेको जलविद्युत परियोजनाका अध्यक्ष खगेन्द्र छन्त्यालले बताएका छन् ।

अन्य समयमा २४ घण्टा विद्युत् उत्पादन हुने बहारघोसखोला जलविद्युत परियोजनामा यो पटक भने लामो खडेरीको कारण १० देखि २० मिनेट मात्रै बिद्युत् आउने गरेको अध्यक्ष छन्त्यालको भनाई छ। एक पटक जम्मा गरेको पानी बढीमा २० मिनेट मात्रै धान्ने गरेको कारण समय निर्धारण गरेर खाना पकाउने वा अन्य काम विशेष हेरेर उक्त २० मिनेटको बिजुली छोड्ने गरेको अध्यक्ष छन्त्यालको भनाई छ ।

हामीले ४ महिनादेखि यो समस्या झेलिरहेका छौ , फेरि मट्टितेलवाला बत्तियुगमा फर्किएको आभास भएको छ । हामीले स्थानीय स्तरबाट गर्न सक्ने समाधानको विकल्प केही बाकी छैन । राज्यको आँखाले हाम्रो समस्या देखेन , हामी पर्याप्त विद्युत् नभएकै कारण सानादेखि जटिल समस्या भोगिरहेका छौ , मोबाइल चार्ज गर्न पाइएको छैन, लाइन नै नभएपछि टेलिकमको टावर चल्ने कुरा आएन यसरी सञ्चारको सुविधाबाट समेत वञ्चित हुँदा कोही कसैलाई साह्रो गाह्रो परेको समेत थाहा नहुने अवस्था आएको छ । अध्यक्ष छन्त्यालले निराशा पोखे ।

१३० घरधुरी रहेको नर्जाखानीमा साँझ पर्‍यो भने वैकल्पिक उज्यालो खोज्नुपर्ने बाध्यता छ । पालीकाकै अन्तिम वडाको रूपमा रहेको जर्नाखानीमा बिद्युत् अभावकै कारण दैनिक जीवनमा समस्या खट्किएको योजना अध्यक्ष छन्त्यालको भनाई छ ।

हाल आफ्नो वडा भित्र रहेको विष्णु आधारभूत विद्यालयमा सोही गाउँबाट वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका युवाहरूको सहयोगमा प्राप्त भएको ३२,३५ थान कम्प्युटर छ । तर विद्युत् अभावको कारण ती सबै कम्प्युटर धुलाम्य भएर राख्न बाध्य रहेको सोही वडाका अध्यक्ष चित्र बहादुर छन्त्यालले बताए ।

अध्यक्ष छन्त्यालले बिद्यालयसंगै वडाको सेवा लिन आउने सेवाग्राहीलाई समेत निरन्तर रूपमा सेवा प्रभाव गर्न नसकेको बताएका छन् । बीस मिनेट लाईन आएर अर्को बीस मिनेट बल्ने पानी जम्माहुन घण्टौ लाग्छ हामीले कसरि सेवाप्रभाव गर्ने , अध्यक्ष छन्त्यालले स्थानीय सरकारसँग पटक पटक आफूहरूको समस्या समाधानको निमित्त आग्रह गरेको भएपनी आफ्नो मागप्रति पालीकाले बेवास्ता गरेको बताएका छन् ।

हाम्रो गाउँमा १ सय ३० घरधुरी छ , वडाको प्रतिनिधिको नाताले मैले सबैको नाम लिस्ट तयार गरेर पालीकामा वैकल्पिक रूपमा सोलारदिन आग्रह गर्न गर्न तर पालिकाले कहिले यो शीर्षकमा बजेट छैन त कहिले खर्च महँगो पर्न जाने देखियो भनेर टालटुल पार्‍यो , आज विद्युतसेवा प्रभाव हुन नसक्दा एउटा सिफारिस प्रमाणित गर्न घण्टौँको यात्रा गरेर बुर्तिबाङ जानुपरेको छ । 'अध्यक्ष छन्त्यालले भने '

दुई महिना अगाडि पाँच मिनेट मात्रै लाइन आउने गरेकोमा पालीकाको दुई लाख सहयोगमा ३७४ मिटर फराकिलो रिर्जब ट्याङ्की निर्माण गरेको पश्चात् २० मिनेटसम्म जति लाइन आउने गरेको भएपनी नयाँ निर्माण भएको रिर्जब ट्याङ्कीमा समेत पर्याप्त पानी जम्मा हुन नसक्दा समस्या चरम रूपमा बढेको वडा प्रमुख छन्त्यालको भनाई छ ।

अहिलेको निर्देशन अनुसार हस्त लिखित सिफारिस दिन मिल्दैन छपाई गर्नलाई लाइन छैन , कम्प्युटर खुल्दैन एउटा नाता प्रमाणित गर्नलाई लाइन खोज्दै बुर्तिबाङ पुगेको छु । स्थानीय सरकारलाई मात्रै हैन यो समस्या मैले बारबार प्रदेशमा सांसदहरूलाई समेत सुनाए तर सबैले कानमा तेल हालेर बसे मलाई जनप्रतिनिधि हु भन्नुमा समेत लाज लागेको छ । छन्त्यालले आफ्नो भनाई मा थप स्पष्ट पारे

हाम्रो समस्या चैत्र वैशाखको समयमा हो अन्य समयमा वर्षाभएसँगै पानीको मात्रा बढ्छ तर त्यही दुुई महिनाको समयमा वैकल्पिक ऊर्जाको खोजी गरिदिनुस् भनेर सबै तहमा गुहार गरियो कसैले सुनुवाइ गरेनन्, वडाको अध्यक्ष खम्बा बराबर रहेछ आफ्नै वडा बासिन्दालाई अँध्यारोमा देखेर मन कुँडिएर आउँछ तर चाहेर पनि म सँग थप समाधानको बाटो छैन । अध्यक्ष छन्त्यालले निराशा मिश्रित भावमा बताए ।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?