National life

बागलुङका सीडीओ कुमान सिंहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१८ पुस २०८२, शुक्रबार
1.1kShares
बागलुङका सीडीओ कुमान सिंहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिका, वडा नं। ७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिकभुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भुक्तानी भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । हाल बागलुङको सीडीओ रहेका सिंह तत्कालीन समयमा कुस्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो मुद्दामा अख्तियारले सिंहसहित कुस्मा नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्‍य, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर लाल बहादुर मल्ललाई प्रतिवादी बनाएको छ ।

सीडिओ सिंहसँग एक करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ विगो माग गरिएको छ । त्यसैगरी तत्कालीन लेखा अधिकृत शर्मासँग १७ लाख २ हजार ३ सय ४१ रुपैयाँ, तत्कालीन इन्जिनियर शाक्‍यसँग ९६ लाख ४१ हजार ८ सय ७४ रुपैया र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर मल्लसँग एक करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ विगो माग दाबी गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?