काठमाडौँ। खोरङ्गा हाइड्रोपावरले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले यसका लागि असोज ७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभा कम्पनीको रिजष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौँमा बिहान १० बजेदेखि शुरु हुनेछ । सभाले प्रारम्भिक शेयर निष्कासन (आइपिओ) जारी गर्ने र कम्पनीको प्रबन्ध पत्र, नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनका साथै लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । ।
































