काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको छ ।
यस अवधिमा कम्पनीले ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको यसैअवधिको तुलनामा ५.५१ प्रतिशतले कम हो।
यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख ३७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ थियो ।
समिक्षा अवधिमा ७ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ।

































