National life

जलविद्युत व्यापारमा नेपाललाई घाटा, अघिल्लो वर्ष भारतबाट १ अर्ब ८३ करोड युनिट आयात

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
668Shares
जलविद्युत व्यापारमा नेपाललाई घाटा, अघिल्लो वर्ष भारतबाट १ अर्ब ८३ करोड युनिट आयात
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष नेपालले भारबाट १ अर्ब ८३ करोड युनिट विद्युत् आयात गरेको बताएका छन् । शुक्रवार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्ताे बताएका हुन् ।

जलविद्युततर्फको व्यापारमा पनि नेपाललाई घाटा लागेको छ । पछिल्ला वर्षहरूमा मुलुकले जलविद्युत निर्यात गरेर आकर्षक नाफा कमाइरहेको बताइए पनि औसत निर्यातभन्दा आयातकै परिणाम बढी देखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्युत् आयात अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७९ प्रतिशतले बढी हो ।

तर सोही अवधिमा नेपालले १ अर्ब ३४ करोड युनिट विद्युत् निर्यात गरेको छ । समीक्षा वर्षमा नेपाललाई विद्युत् आयात/निर्यातबाट ४९ करोड युनिट घाटा लाग्न पुगेको छ । तथापि, अघिल्लो वर्ष जम्मा ४९ करोड युनिट मात्र विद्युत् निर्यात गरेको नेपालले यो वर्ष १७३.४७ प्रतिशतले निर्यात वृद्धि गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?