National life

लक्ष्मीपूजाको दिन विद्युतको उच्च खपत, २५३ मेगावाट भारततर्फ निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ कात्तिक २०८१, शुक्रबार
621Shares
लक्ष्मीपूजाको दिन विद्युतको उच्च खपत, २५३ मेगावाट भारततर्फ निर्यात
ncell

काठमाडौँ । हिन्दु नेपालीको दोस्रो मुख्य चार्ड तिहारको सबैभन्दा विद्युत् खपत हुने लक्ष्मीपूजाको दिन उच्च बिन्दुमा विद्युत् खपत भएको छ । उक्त दिन पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको छ।

गत वर्ष लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस वर्षको लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको छ ।

तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रका विद्युत गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

साथै, अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १८५५ मेगावाट रेकर्ड गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिएका थिए ।

कार्यकारी निर्देशक घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमाण्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताउदै अत्यधिक बिद्युत खपत गर्नका लागि आग्रह गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?