National life

सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
633Shares
सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि ,अन्य सूचक कस्ता ?
ncell

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ८९.३५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २४.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२०.९३ प्रतिशत बढेको छ।

९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तको निक्षेप १७.८२ प्रतिशत, सापटी ३०.३४ प्रतिशत र कर्जा २४.०२ प्रतिशत बढेको छ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। यस अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?