काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। एक दिनअघि मात्रै सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ। मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार ४ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले घटेको हो।































